नन्दादेवि माध्यमिक बिधालय माल्काेटमा सञ्चालन भइरहेको एसईई परीक्षा केन्द्रको अनुगमन.....

चन्द्र प्रसाद भट्टराई २०८१फाागुन नरहरिनाथ गाउँपालिकाले नन्दादेवि माध्यमिक बिधालय माल्काेटमा सञ्चालन भइरहेकाे एसईई परीक्षा केन्द्रको अनुगमन गरेको छ । अनुगमन टोलीमा गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट,उपा अध्यक्ष कमल कुमार शाहा,वडा न. ९ का अध्यक्ष प्रदिप बाेहाेरा, वडा न.६ का अध्यक्ष पाैराम वि.क शिक्षा शाखा प्रमुख दुर्गालाल न्याैपाने,शिक्षक बुद्धिसिहं बिष्ट तथा अन्य सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो । अनुगमनको क्रममा परीक्षा केन्द्रको समग्र व्यवस्थापन, शिक्षक व्यवस्थापन तथा शैक्षिक सुधारका उपायहरूबारे व्यापक छलफल गरिएको छ । नन्दादेवि माध्यमिक बिधालयलाई नरहरिनाथ गाउँपालिकाले यसबर्ष बाट नयाँ एसईई सेन्टरकाे रुपमा थप गरेकाे हाे।पहिलाे पटक एसईई सन्चालन भएकाले त्यहाँकाे व्यवस्थापन,परीक्षा सन्चालनकाे प्रभावकारीताका विषयमा टाेलि अनुगमन गर्ने माल्काेट पुगेकाे हाे । गाउँपालिकाका अध्यक्ष बिस्टले शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार गर्दै विद्यार्थीहरूलाई राम्रो वातावरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन। परीक्षा शान्त, सुव्यवस्थित र भयरहित वाता...