सुशासन युक्त प्रशासन, नियमित पठनपाठन मेराे पहिलाे प्राथमिकता :तेज बहादुर दर्जि स्ववियुअध्यक्ष उम्मेदवार ..
चन्द्र प्रसाद भट्टराई
२०८१चैत्र ०३
कालिकोट /जिल्लाकाे नरहरिनाथ गाउँपालिकामा रहेको नन्दा देवि बहुहुमुखी क्याम्पसको यही चैत ५ गते हुने स्ववियु निर्वाचनमा नेपाल बिधार्थि संघ र अनेरास्ववियु बाट संयुक्त सभापति पदका उम्मेदवार तेजबहादुर दर्जि स्ववियु अध्यक्ष पदका उमेदवार हुन ।दलित परिवारमा जन्मिएका उनी बिधार्थि राजनितिमा क्रियासिल छन।
शिक्षा र नेतृत्वमा आफूलाई स्थापित गर्दै विद्यार्थीहरूको आवाज बुलन्द गर्ने लक्ष्यसहित उनले सभापति पदमा उम्मेदवारी दिएकाे बताए।उनले आफनाे प्यानललाई नै मतदान गर्ने आग्रह समेत गरे।
उनले आफ्नाे उम्मेदवारी सँगै चुनाब बिजय पछि सबैभन्दा पहिले ई-लाइब्रेरीको व्यवस्था गर्छु। विषयगत प्राध्यापकहरूको सुनिश्चितता, व्यवहारिक शिक्षामा जोड र पुस्तकालयको पहुँचमा सुधार ल्याउने प्राथमिकता हुनेछ विद्यार्थीहरूलाई सिकाइमा सहज पहुँच दिलाउन आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताए ।गरिब, अपाङ्गता,दलित र सहिद परिवार हरुलाई छात्रवृत्ति काे ब्यबस्थापन गर्ने।छात्र,छात्रा वासकाे ब्यबस्थापन गर्ने समेत बताए ।
स्थानीय, प्रदेश, र संघीय सरकारसँग समन्वय गरेर छात्रवृत्ति कार्यक्रमलाई सबै विद्यार्थीसम्म पुर्याउने व्यवस्था मिलाउने। क्याम्पस प्रशासनलाई जिम्मेवार बनाउँदै योग्य विद्यार्थीहरूले छात्रवृत्ति पाउने सुनिश्चितता गराउँने।
अपांग मैत्री पूर्वाधार निर्माण आप्नाे प्राथमिकतामा रहेकाे बताए। विशेष शौचालय, कक्षा कोठामा सहजै प्रवेश गर्ने संरचना र पठन-पाठनमा सहजीकरण गर्ने उपायहरू निर्माण गरी सबैलाई समावेशी वातावरण तयार गर्ने बताए।
प्रत्येक खर्चको विवरण सार्वजनिक गर्छु र विद्यार्थीहरूलाई कोषको प्रयोगबारे जानकारी दिन बार्षिक रुपमा प्रतिवेदन प्रस्तुत गरिनेछ बताए।
राजनीतिभन्दा पनि क्याम्पसलाई शैक्षिकिकरण गर्न पहल गर्छु। विद्यार्थीहरूको अधिकारको संरक्षण र शैक्षिक वातावरण बनाउन काम गर्छु। पढाइ पहिलो प्राथमिकता हो भन्ने मान्यता स्थापित समेत गरिने बताए।
क्याम्पसमा खानेपानी र शौचालयको अभाव प्रमुख समस्या हो। निर्वाचित भएमा, खानेपानी र सफा शौचालयको व्यवस्थापन पहिलो काम हुनेछ। साथै, कक्षा नियमित सञ्चालन र शैक्षिक शुल्कमा राहत प्रदान गर्दै शैक्षिक वातावरण सुधार गर्नेछु।
विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण बनाउने प्रतिबद्धता समेत रहेकाे बताए ।
उनले विश्वासलाई कर्ममा परिणत गर्न म यहाँ उभिएको छु,सबैले सहयाेग गर्ने समेत आग्रह गरे।उनले थपे म काम गर्नेका लागि तयार छु गफ धेरै नगराै।
Comments
Post a Comment