नन्दादेवि माध्यमिक बिधालय माल्काेटमा सञ्चालन भइरहेको एसईई परीक्षा केन्द्रको अनुगमन.....
चन्द्र प्रसाद भट्टराई
२०८१फाागुन
नरहरिनाथ गाउँपालिकाले नन्दादेवि माध्यमिक बिधालय माल्काेटमा सञ्चालन भइरहेकाे एसईई परीक्षा केन्द्रको अनुगमन गरेको छ । अनुगमन टोलीमा गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट,उपा अध्यक्ष कमल कुमार शाहा,वडा न. ९ का अध्यक्ष प्रदिप बाेहाेरा, वडा न.६ का अध्यक्ष पाैराम वि.क शिक्षा शाखा प्रमुख दुर्गालाल न्याैपाने,शिक्षक बुद्धिसिहं बिष्ट तथा अन्य सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो ।
अनुगमनको क्रममा परीक्षा केन्द्रको समग्र व्यवस्थापन, शिक्षक व्यवस्थापन तथा शैक्षिक सुधारका उपायहरूबारे व्यापक छलफल गरिएको छ । नन्दादेवि माध्यमिक बिधालयलाई नरहरिनाथ गाउँपालिकाले यसबर्ष बाट नयाँ एसईई सेन्टरकाे रुपमा थप गरेकाे हाे।पहिलाे पटक एसईई सन्चालन भएकाले त्यहाँकाे व्यवस्थापन,परीक्षा सन्चालनकाे प्रभावकारीताका विषयमा टाेलि अनुगमन गर्ने माल्काेट पुगेकाे हाे ।
गाउँपालिकाका अध्यक्ष बिस्टले शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार गर्दै विद्यार्थीहरूलाई राम्रो वातावरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन। परीक्षा शान्त, सुव्यवस्थित र भयरहित वातावरणमा सञ्चालन गर्ने आग्रह समेत गरेका छन ।
सो अवसरमा विद्यालयको विद्यमान समस्याहरू र परीक्षा सञ्चालनको अवस्थाबारे विद्यालयका प्रधानाध्यापकले अनुगमन टोलीलाई जानकारी गराएका हुन ।
अनुगमनका क्रममा रहगाड, सर्केघाट ,धाँचु हँदै माल्काेट वडा न.७ सम्म जाेडने सडककाे समेत अबलाेकन गरिएको छ। सडक अबकाे केहि दिनमै धाँचुपुग्ने छ । याे सडक सडक निर्माण सम्पन्न भएपछि माल्काेट क्षेत्रको आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा ठूलो टेवा पुग्ने स्थानीयबासीहरूको विश्वास रहेका छन।
Comments
Post a Comment