नरहरिनाथ गाउँपालिकाले आज दाेस्राेदिन पनि विभिन्न याेजना हरु माग ...

 

चन्द्र प्रसाद भट्टराई

२०८१फागुन२६

कालिकाेट/नरहरिनाथ गाउँपालिकाले आज दाेस्राेदिन पनि विभिन्न याेजना हरु माग गरेकाे छ।नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्टकाे  नेतृत्व मा नरहरिनाथ गाउँपालिकाको सर्वदलिय टोली ले आज दाेस्राे दिन पनि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री मा. राजिव विक्रम शाहा, पुर्वाधार विकास मन्त्री मा. शेर बाहादुर बुढा ,पुर्व मुख्य मन्त्री एवंम नेकपा माओवादी केन्द्रका प्रदेश संसदिय दलका नेता एवम् पूर्व मुख्य मन्त्री मा. राजकुमार शर्मा , प्रदेश लेखा समितिका सभापति एवम् पूर्व आर्थिक मामिला तथा योजना मन्त्री मा. विन्दमान बिष्ट  समक्ष औपचारिक रुपमा विभिन्न  मागपत्र बुझाएको हो ।

राष्ट्रगुरु योगी नरहरिनाथको जन्मस्थल रहेको सो गाउँपालिका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । प्रसिद्ध धार्मिकस्थल बडिमालिका, तलिमालिका, वर्जुमाई र पानीमूलजस्ता क्षेत्रहरूसँग निकट रहेको पालिका कृषि उत्पादनका लागि उर्वर भूमिको रूपमा समेत परिचित छ । सुनथरालि विमानस्थल, त्रिवेणी पाटन र रामारोसन तालजस्ता पर्यटकीय गन्तव्यहरू यस पालिकाका थप आकर्षण हुन् । तर, दुर्गम भूगोलका कारण सो क्षेत्रका बासिन्दाको जीवनस्तर दयनीय रहेको तथा विकासका गतिविधिमा बजेट र पूर्वाधारको अभाव देखिएको पालिकाले जनाएको छ । संघ तथा प्रदेश सरकारबाट विनियोजित बजेट प्रयाप्त नभएका कारण स्थानीय सरकारका विकास प्रयासहरू अपेक्षित गतिमा अघि बढ्न नसकेको सर्वदलीय बैठकको निष्कर्ष छ । पालिकामा क्रियाशिल राजनितीक दलका प्रतिनिधीसहित कर्णालि प्रदेश सरकार समक्ष गएका अध्यक्ष बिष्टले प्रदेशसभामा गएर गाउँकाे बिकासका लागि प्रदेश सरकारकाे साथ चाहिएकाे बताए । उनले केहि याेजना कार्यान्वयनमा देखिएकाे ढिलाई र आगामी बर्षकाे बजेटमा आफ्नाे पालिकाका याेजनाहरुकाे प्राथमिकताका बिषयमा प्रदेश सरकारका मन्त्री र दलका नेताहरूलाई जानकारी गराई बजेट विनियाेजनका लागि माग गरेकाे बताए ।


मागपत्रमा लालु-लैफू सडक आयोजनाको ठेक्का नरहरिनाथ गाउँपालिकाको भूगोलबाट सुरू गर्ने, रातिमाटा-लावन्तला-दल्लेना-उच्छव-दुदुल्लि सडक, लामाराईटा-सिमलटुडा हुँदै गाउँपालिकाको केन्द्र जोड्ने सडक, लालिघाटदेखि गाउँपालिकासम्मको सडक स्तरोन्नति, डाँडाँखर्क-सिमलटुडा जोड्ने पक्की पुल, तथा जनजागरण आवि मष्ठामाण्डु, रामचन्द्र आवि अदेला विद्यालय भवन निर्माण जस्ता पूर्वाधार योजनाहरू समेटिएका छन् । साथै, योगी नरहरिनाथ आधारभूत अस्पताल भवन, हणेठादेखि दरबारकोटसम्म तटबन्धन, र गाउँपालिका केन्द्रदेखि सुनथरालि विमानस्थल हुँदै निलाखासम्म सडक स्तरोन्नति लगायतका योजनामा बजेट विनियोजन गरी शीघ्र कार्यान्वयन गर्न प्रदेश सरकारको सहयोगको माग गरिएको छ ।



नरहरिनाथ गाउँपालिकाले हिमाली दुर्गमताका बाबजुद धार्मिक, पर्यटकीय तथा कृषि सम्भावनाहरू प्रचुर रहेको जनाउँदै प्रदेश सरकारसँगको सहकार्यद्वारा समग्र विकास र समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरेको छ । सबै दलहरू एकजुट भई अघि बढ्ने निर्णय गरिएको भन्दै, पालिकाले कर्णाली प्रदेश सरकारबाट आवश्यक बजेट तथा कार्यक्रम पारित गरिदिन विशेष आग्रह गरेको छ ।

माग पत्र बुझ्दै जनताको भावना र जनप्रतिनिधिको सुझावअनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याईने र बजेट कार्यान्वयन गरिने साथै, माग पत्र बुझ्दैकर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री मा. राजिव विक्रम शाहाले  पालिकाले प्राथमिकतामा राखेका याेजनाहरु प्रदेश सरकारले तय गरेकाे प्रक्रियामा आए बजेट विनियाेजनका लागि पहल गर्ने बताए ।

Comments

Popular posts from this blog

अखिल ( क्रान्तिकारी ) जनचेतना बहुमुखी क्याम्पसकाे तेस्रो इकाई सम्मेलन सम्पन्न।।

जन्मदिनको अवसरमा शैक्षिक क्षेत्रलाई लक्षित गर्दै बिष्टले गरे पुरस्कार घोषणा...

नन्दादेवि माध्यमिक बिधालय  माल्काेटमा सञ्चालन भइरहेको एसईई परीक्षा केन्द्रको अनुगमन.....