नरहरिनाथ गाउँपालिकाकाे वडा नं.९ सितला टाेलमा आक्समिक स्वास्थ शिविर सन्चालन...




चन्द्र प्रसाद भट्टराई

२०८१फागुन२३

कालिकाेट/जिल्लाकाे नरहरिनाथ गाउँपालिकाकाे वडा नं.९  सितला टाेलमा आक्समिक स्वास्थ शिविर सन्चालन गरिएको छ। बिगत ५ दिनदेखि उच्च ज्वराे आउने, खाेकि लग्ने, टाउकाे दुख्ने समस्याले नागरिक ग्रसित भएपछि श्री जनजागण बिधालय सितलाकाे समन्वयमा नरहरिनाथ गाउँपालिका स्वास्थ्य तथा सरसफाई शाखाकाे आयाेजना शिविर  सन्चालन  गरिएको  हाेे।



बिधार्थिहर बिधालयमा नै आउन नसक्ने, बिधालयमा पुगे पनि एक्कासि पल्टिने,बेहाेस हुने,समुदायमा प्रत्येक घरमा प्राय परिवारका सबै सदस्य समेत बिरामी हुने समस्या देखिए पछि पालिका संघ समन्वय गरि शिविर सन्चालन गरिएको बिधालयका प्र.अ बुद्धि सिं बिष्टले जानकारि दिनुभयो । सिविरमा १८२ भन्दा बढि सेवा ग्राहिले सेवा लिएका छन ।नरहरिनाथ गाउँपालिका याेगि नरहरिनाथ आधारभुत अस्पतालका डा. जितेन्द्र महताे काे टाेलि सितला नै पुगेर सेवा प्रवाह गरेकाे हाे ।



शिविरमा  निमाेनियाका१५ जना,जटिल निमाेनिया१ जना,कमनकाेल्ड  ५७,यू टि आई २ जना,एलआरपिआई ३ जना ,घाँटिकाे सँक्रमण४१जना,जाेर्निकाे समस्या२जना,ज्वराे११जना,डिसेन्ट्रि६ जना, डायरिया४जना,फेब्राईल ईन्बेङ्स१२जना,उच्च रक्तचाप६जना,ऐ पि डि २२ जना,छातिकाे समस्या१ जना गरि १८२जनाले सेवा लिएका जनस्वास्थ्य निरिक्षक नरेश बिष्टले जानकारि दिनुभयाे।शिविरले ४जनालाई अन्यत्र रिफर समेत गरेकाे छ।

Comments

Popular posts from this blog

अखिल ( क्रान्तिकारी ) जनचेतना बहुमुखी क्याम्पसकाे तेस्रो इकाई सम्मेलन सम्पन्न।।

जन्मदिनको अवसरमा शैक्षिक क्षेत्रलाई लक्षित गर्दै बिष्टले गरे पुरस्कार घोषणा...

नन्दादेवि माध्यमिक बिधालय  माल्काेटमा सञ्चालन भइरहेको एसईई परीक्षा केन्द्रको अनुगमन.....