आइ एन.एफ नेपालकाे तीन दिने याैनिक तथा लैगिंकतामा आधाररित हिंसाकाे पहिचान र घटनाहरुकाे कानुनी उपचार सम्बन्धि तालिम सम्पन्न.....
चन्द्र प्रसाद भट्टराई
२०८१फागुन २५
जिल्लाकाे नरहरिनाथ गाउँपालिकाकाे कुमालगाउँमा"सत्य समाज निर्माणमा महिला र पुरुषका पाइला हाराहारि लैङ्गिक समानतामा सवै बराबरी भन्ने मुल नाराकासाथ नरहरिनाथ गाउँपालिकामा स्थानिय तथा सामाजिक अगुवाहरुलाई ३ दिने तालिम सम्पन्न भएकाे छ।
मिति २०८१ फाल्गुन २३ गतेदेखि २५ गतेसम्म सन्चालन भएकाे तालिममा याैनिक तथा लैगिंकतामा आधाररित हिंसाकाे पहिचान र पहिचान पछि देखापरेका घटनाहरुकाे कानुनी उपचार तथा प्रावधान बिषयमा केन्द्रीत रहेकाे थियाे।तालिममा राजनैतिक दलका प्रमुख,नागरिक समाजका पदाधिकारी,लैङ्गिक स्राेत ब्यक्ति,धार्मिक अगुवाहरुसमेतकाे उपस्थित रहेकाे थियाे।
आई एन.एफ नेपालले सन्चालन गरेकाे तालिमकाे नरहरिनाथ गाउँपालिका सँग पनि समन्वय गरि सन्चालन गरिएकाे हाे। कार्यक्रममा लैङ्गिक हिंसा,लैङ्गिक हिंसा पहिचान,लैङ्गिक हिंसा राेकथाममा ब्यक्तिकाे भुमिका,लैङ्गगिक हिंसा हुनुका कारणहरु,लैङ्गिक हिंसा राेकथाममा समुदायकाे र सरकारकाे भुमिकाका बारेमा छलफल भएकाे छ ।
Comments
Post a Comment