Posts

जन्मदिनको अवसरमा शैक्षिक क्षेत्रलाई लक्षित गर्दै बिष्टले गरे पुरस्कार घोषणा...

Image
  जेष्ठ २६ चन्द्र प्रसाद भट्टराई जेष्ठ २६ गते परेको आफ्नो जन्मदिनको अवसरमा सान्नी त्रिवेणी गाउँपालिकाका वडा न.२ मा जन्मिएका गणेश बिष्टले जन्म दिनकाे  ३६बर्ष पुगेकाे अबसरमा   समाजसेवीभावले सामाजिक सञ्जालमार्फत आभार प्रकट गर्दै शैक्षिक क्षेत्रलाई लक्षित गरी विभिन्न सम्मान तथा पुरस्कारको घोषणा गरेका छन्। विगत एक दशक देखि जापान बस्दै आएका उनले विभिन्न समयमा नेपालमा थुप्रै रकम सहयाेग गर्दै आयका  छन। आफ्ना मातापिताप्रति गर्वको भाव व्यक्त गर्दै उनले फेसबुकमार्फत शुभकामना दिने सम्पूर्ण अग्रज, शुभेच्छुक, आफन्त, साथीभाइ र इष्टमित्रप्रति आभार व्यक्त गरेका छन्।उनले आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वमा रूपान्तरण गर्दै गाउँपालिकाको शैक्षिक क्षेत्रको प्रोत्साहनका लागि आगामी वर्षदेखि प्रत्येक जन्मदिनको अवसरमा नियमित रुपमा पुरस्कार वितरण गर्ने प्रतिबद्धता जनाएका छन्। उनले वैदेशिक रोजगारीमा रहेका बेला र स्वास्थ्यले साथ दिएको अवस्थामा हरेक वर्ष रु ५१,००० अक्षेरुपी राशी छुट्याएर उक्त कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्। उनका अनुसार पुरस्कार तथा सम्मान यस प्रकार छन्: ...

नरहरिनाथ गाउपालिका महिलाहरुकाे( सहास)नेपालले बढाएको साहाश...

Image
चन्द्र प्रसाद भट्टराई  फागुन २२ २०८१  कालीकाेट/ कालीकाेटकाे नरहरिनाथ गाउँपालिका वडा नम्बर-९ मा सहयोगी  पाइला परियोजना अन्तर्गत जलवायु उत्थानशिल सम्बन्धि फिल्ड अवलोकन तथा मिडिया अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ । सन्  २०२५ सम्म नरहरिनाथ गाउँपालिकालाई जलवायु उत्थानशिल पालिका घाेषणा गर्ने लक्ष सहित नरहरिनाथ गाउँपालिका नाै वटै वडामा काम गरिरहेकाे सहास नेपालले हालसम्मको प्रगति प्रतिवेदन सहित जलवायुमैत्री कृषि प्रविधि र अभ्यासहरू अवलोकन गर्दै जलवायु उत्थानशील पालिका सम्बन्धि समुदाय र सराेकारवालाबीच अन्तरसंवाद कार्यक्रम गरिएकाे हाे । सहास नेपालले नरहरिनाथ गाउँपालिककाे वडा न ९मा समाज परिवर्तन कृषक समूहमार्फत साहस नेपालले महिलाहरुलाई क्षमता बिकास तालिम,लैङ्गिक,सचेतना तालिम,जलवायू सचेतना सम्बन्धि छलफल,टाेलकाे नियमीत सरसफाई,जलवायू उत्थानसिल प्रविधिकाे प्रयाेग,जुठेल्लाे सुधार सहयाेग,भकाराे सुधार,साेलाराईजेसन,हट ब्याड,घरबगैचा सम्बन्धि सहयाेग,कुखुराकाे अर्ध बन्देज खाेर,बाख्राकाे सुधारिएको खाेर लगायतका  काम गरिरहेकाे छ,साथै समुहमा खाद्य सुरक्षा र विपद् व्यवस्थापन सम्बन्धी ...

नन्दादेवि माध्यमिक बिधालय  माल्काेटमा सञ्चालन भइरहेको एसईई परीक्षा केन्द्रको अनुगमन.....

Image
  चन्द्र प्रसाद भट्टराई २०८१फाागुन नरहरिनाथ गाउँपालिकाले नन्दादेवि माध्यमिक बिधालय  माल्काेटमा सञ्चालन भइरहेकाे  एसईई परीक्षा केन्द्रको अनुगमन गरेको छ । अनुगमन टोलीमा गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट,उपा अध्यक्ष कमल कुमार शाहा,वडा न. ९ का अध्यक्ष प्रदिप बाेहाेरा, वडा न.६ का अध्यक्ष पाैराम वि.क  शिक्षा शाखा प्रमुख दुर्गालाल न्याैपाने,शिक्षक बुद्धिसिहं बिष्ट तथा अन्य सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो । अनुगमनको क्रममा परीक्षा केन्द्रको समग्र व्यवस्थापन, शिक्षक व्यवस्थापन तथा शैक्षिक सुधारका उपायहरूबारे व्यापक छलफल गरिएको छ । नन्दादेवि माध्यमिक बिधालयलाई नरहरिनाथ गाउँपालिकाले यसबर्ष  बाट नयाँ एसईई सेन्टरकाे रुपमा थप गरेकाे हाे।पहिलाे पटक एसईई सन्चालन भएकाले त्यहाँकाे व्यवस्थापन,परीक्षा सन्चालनकाे प्रभावकारीताका विषयमा टाेलि अनुगमन गर्ने माल्काेट पुगेकाे हाे ।  गाउँपालिकाका अध्यक्ष बिस्टले शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार गर्दै विद्यार्थीहरूलाई राम्रो वातावरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन। परीक्षा शान्त, सुव्यवस्थित र भयरहित वाता...

भू.पू.कुमालगाउँ गा.वि.स अध्यक्ष लाल बहादुर बुढाकाे निधन प्रति नरहरिनाथ गाउँपालिकाले शाेक वक्तव्य जारी ...

Image
चन्द्र प्रसाद भट्टराई  फाल्गुन०७,२०८१  कालिकाेट/कालिकाेट जिल्लाकाे साविक कुमालगाउँ गा.वि.स निवासि भू.पू.कुमालगाउँ गा.वि.स अध्यक्ष लाल बहादुर बुढाकाे निधन प्रति नरहरिनाथ गाउँपालिकाले शाेक वक्तव्य जारी गरेकाे छ। उहाँकाे मिति २०८१ चैत्र ६ गतेका दिन अपरान्ह ४.३० बजे ६७ बर्षकाे उमेरमा आफ्नै निबासमा असामयिक निधन भएकाे हाे।  आज विहिबार नरहरिनाथ गाउँपालिकाले शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको हाे ।  साेक वक्तव्य मा असामयिक भएकाे उहाँकाे निधनले सिङगाे गाउँपालिका परिवार,पालिका बासिलाई शाेक मग्न पारेकाे,शाेककाे यश घडिमा दिवङ्गत आत्तमाकाे चिर शान्तिकाे कामना गर्दै उहाँकाे परिवारजनमा पर्न गएकाे असहय पीडा सहन सक्ने शक्ति उहाँहरुलाई प्राप्त हाेस भन्ने कामनाका साथ शाेक सत्नप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछाै भनिएकाे छ।

सुशासन युक्त प्रशासन, नियमित पठनपाठन मेराे पहिलाे प्राथमिकता :तेज बहादुर दर्जि स्ववियुअध्यक्ष उम्मेदवार ..

Image
  चन्द्र प्रसाद भट्टराई  २०८१चैत्र ०३ कालिकोट /जिल्लाकाे नरहरिनाथ गाउँपालिकामा रहेको नन्दा देवि बहुहुमुखी क्याम्पसको यही चैत ५ गते हुने स्ववियु निर्वाचनमा नेपाल बिधार्थि संघ र अनेरास्ववियु   बाट संयुक्त  सभापति पदका उम्मेदवार तेजबहादुर दर्जि स्ववियु अध्यक्ष पदका उमेदवार हुन ।दलित परिवारमा जन्मिएका उनी  बिधार्थि राजनितिमा क्रियासिल छन। शिक्षा र नेतृत्वमा आफूलाई स्थापित गर्दै विद्यार्थीहरूको आवाज बुलन्द गर्ने लक्ष्यसहित उनले  सभापति पदमा उम्मेदवारी दिएकाे बताए।उनले आफनाे प्यानललाई नै मतदान गर्ने आग्रह समेत गरे। उनले आफ्नाे उम्मेदवारी सँगै चुनाब बिजय पछि सबैभन्दा पहिले ई-लाइब्रेरीको व्यवस्था गर्छु। विषयगत प्राध्यापकहरूको सुनिश्चितता, व्यवहारिक शिक्षामा जोड र पुस्तकालयको पहुँचमा सुधार ल्याउने प्राथमिकता हुनेछ विद्यार्थीहरूलाई सिकाइमा सहज पहुँच दिलाउन आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताए ।गरिब, अपाङ्गता,दलित र सहिद परिवार हरुलाई छात्रवृत्ति काे ब्यबस्थापन गर्ने।छात्र,छात्रा वासकाे ब्यबस्थापन गर्ने समेत बताए । स्थानीय, प्रदेश, र संघीय सरकारसँग समन्वय गरेर ...

नरहरिनाथ गाउँपालिकाले आज दाेस्राेदिन पनि विभिन्न याेजना हरु माग ...

Image
  चन्द्र प्रसाद भट्टराई २०८१फागुन२६ कालिकाेट/नरहरिनाथ गाउँपालिकाले आज दाेस्राेदिन पनि विभिन्न याेजना हरु माग गरेकाे छ।नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्टकाे  नेतृत्व मा नरहरिनाथ गाउँपालिकाको सर्वदलिय टोली ले आज दाेस्राे दिन पनि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री मा. राजिव विक्रम शाहा, पुर्वाधार विकास मन्त्री मा. शेर बाहादुर बुढा ,पुर्व मुख्य मन्त्री एवंम नेकपा माओवादी केन्द्रका प्रदेश संसदिय दलका नेता एवम् पूर्व मुख्य मन्त्री मा. राजकुमार शर्मा , प्रदेश लेखा समितिका सभापति एवम् पूर्व आर्थिक मामिला तथा योजना मन्त्री मा. विन्दमान बिष्ट  समक्ष औपचारिक रुपमा विभिन्न  मागपत्र बुझाएको हो । राष्ट्रगुरु योगी नरहरिनाथको जन्मस्थल रहेको सो गाउँपालिका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । प्रसिद्ध धार्मिकस्थल बडिमालिका, तलिमालिका, वर्जुमाई र पानीमूलजस्ता क्षेत्रहरूसँग निकट रहेको पालिका कृषि उत्पादनका लागि उर्वर भूमिको रूपमा समेत परिचित छ । सुनथरालि विमानस्थल, त्रिवेणी पाटन र रामारोसन तालजस्ता पर्यटकीय गन्तव्यहरू यस पालिकाका...

आइ एन.एफ नेपालकाे तीन दिने याैनिक तथा लैगिंकतामा आधाररित हिंसाकाे पहिचान र घटनाहरुकाे कानुनी उपचार सम्बन्धि तालिम सम्पन्न.....

Image
चन्द्र प्रसाद भट्टराई २०८१फागुन २५ जिल्लाकाे नरहरिनाथ गाउँपालिकाकाे कुमालगाउँमा"सत्य समाज निर्माणमा महिला र पुरुषका पाइला हाराहारि लैङ्गिक समानतामा  सवै बराबरी भन्ने मुल नाराकासाथ नरहरिनाथ गाउँपालिकामा स्थानिय तथा सामाजिक अगुवाहरुलाई ३ दिने तालिम सम्पन्न भएकाे छ। मिति २०८१ फाल्गुन २३ गतेदेखि २५ गतेसम्म सन्चालन भएकाे तालिममा याैनिक तथा लैगिंकतामा आधाररित हिंसाकाे पहिचान र पहिचान पछि देखापरेका घटनाहरुकाे कानुनी उपचार तथा प्रावधान बिषयमा केन्द्रीत रहेकाे थियाे।तालिममा राजनैतिक दलका प्रमुख,नागरिक समाजका पदाधिकारी,लैङ्गिक स्राेत ब्यक्ति,धार्मिक अगुवाहरुसमेतकाे उपस्थित रहेकाे थियाे। आई एन.एफ नेपालले सन्चालन  गरेकाे तालिमकाे नरहरिनाथ  गाउँपालिका सँग पनि समन्वय गरि  सन्चालन गरिएकाे हाे।  कार्यक्रममा  लैङ्गिक हिंसा,लैङ्गिक हिंसा पहिचान,लैङ्गिक हिंसा राेकथाममा ब्यक्तिकाे भुमिका,लैङ्गगिक हिंसा हुनुका कारणहरु,लैङ्गिक हिंसा राेकथाममा समुदायकाे र सरकारकाे भुमिकाका बारेमा छलफल भएकाे छ ।