नरहरिनाथ गाउपालिका महिलाहरुकाे( सहास)नेपालले बढाएको साहाश...
चन्द्र प्रसाद भट्टराई
फागुन २२ २०८१
कालीकाेट/ कालीकाेटकाे नरहरिनाथ गाउँपालिका वडा नम्बर-९ मा सहयोगी पाइला परियोजना अन्तर्गत जलवायु उत्थानशिल सम्बन्धि फिल्ड अवलोकन तथा मिडिया अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ ।
सन् २०२५ सम्म नरहरिनाथ गाउँपालिकालाई जलवायु उत्थानशिल पालिका घाेषणा गर्ने लक्ष सहित नरहरिनाथ गाउँपालिका नाै वटै वडामा काम गरिरहेकाे सहास नेपालले हालसम्मको प्रगति प्रतिवेदन सहित जलवायुमैत्री कृषि प्रविधि र अभ्यासहरू अवलोकन गर्दै जलवायु उत्थानशील पालिका सम्बन्धि समुदाय र सराेकारवालाबीच अन्तरसंवाद कार्यक्रम गरिएकाे हाे ।
सहास नेपालले नरहरिनाथ गाउँपालिककाे वडा न ९मा समाज परिवर्तन कृषक समूहमार्फत साहस नेपालले महिलाहरुलाई क्षमता बिकास तालिम,लैङ्गिक,सचेतना तालिम,जलवायू सचेतना सम्बन्धि छलफल,टाेलकाे नियमीत सरसफाई,जलवायू उत्थानसिल प्रविधिकाे प्रयाेग,जुठेल्लाे सुधार सहयाेग,भकाराे सुधार,साेलाराईजेसन,हट ब्याड,घरबगैचा सम्बन्धि सहयाेग,कुखुराकाे अर्ध बन्देज खाेर,बाख्राकाे सुधारिएको खाेर लगायतका काम गरिरहेकाे छ,साथै समुहमा खाद्य सुरक्षा र विपद् व्यवस्थापन सम्बन्धी निकै राम्रो काम गरिरहेकाे समाज परिवर्तन कृषक समूहकी अध्यक्ष काैशिल्ला नेपालीले बताईन । 'उनले भनिन, 'कुनै समयमा हामी ससाना कार्यक्रममा आफ्नो परिचय समेत दिन सक्दैनौं थियौं तर, अहिले सबैसामू आफ्नो परिचय दिन सक्ने भएका छाैं' सहास नेपालले हाम्रो व्यक्तिगत जीवनमा अमूल्य परिवर्तन ल्याएको उनले बताईन।
उनले थपिन ‘हामीले समूह मार्फत प्याज, टमाटर, आलु, बन्दा, केराउ जस्ता तरकारी उत्पादन गर्न थालेका छाैं त्यसलाई बिक्री गरेर अहिले बार्षि ७०-८० हजार जति आयआर्जन समेत गरिरहेकाे बताईन,जसले हामिलाई काम गर्न साहश समेत आएकाे छ , जीवनयापनमा सजिलाे भएकाे आफ्नाे खर्च आफैले गरिरहेको उनले सुनाईन । सहास नेपालले गाउँमा कार्यक्रम ल्याएर आएदेखि हामी महिला कृषिमा त्मनिर्भर बन्दै गएको भनाइ छ ।
यस्तै, उक्त समूहकी सदस्य तारा शाहीले सहास नेपालले आफूहरूलाई कृषि क्षेत्रमा निकै सहयोग गरेको सुनाउनुभयो । उहाँले कृषि पेसामा समाज परिवर्तन कृषक समूहहरूले निकै राम्रो आम्दानी गरेकाले यो कार्यक्रम सबैका लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो ।
सहास नेपालकाे आगन पछि अहिले नरहरिनाथ गाउँपालिकाका ग्रामीण बस्तीमा पछिल्लो समय विभिन्न आयमूलक कृषि व्यवसाय अँगालेका किसानलाई सहयोगी हातहरूको समूह (सहास) नेपालकाे पाइला परियोजना सहयोगी बन्दै गइरहेको स्थानीयकाे भनाइ छ ।
संस्थाले किसानलाई बीउ बिजन,आधुनिक ट्रनेल सहयोग गर्दै आएको छ । सहासले किसानलाई सहयोग गरेपछि यहाँका कतिपय किसानहरू आत्मनिर्भर बन्दै गएका छन् ।
परम्परागत कृषि प्रणालीलाई अवलम्बन गर्दै सामान्य तरकारी, फलफूल, धान, मकै उत्पादन गर्दै आएका किसानहरू हिजोआज प्रविधिको उपयोग गर्दै व्यावसायिकतर्फ अग्रसर देखिएका हुन् । नरहरिनाथ गाउँपालिका-९ कै डिला परियारले सहास नेपालले कृषि पेसाबाट आफूलाई चाहिने खर्च आफै कमाउन थालेकाे बताईन।
जलवायुपरिवर्तनका कारण कृषकहरूमा पर्ने समस्या कम गराउनका लागि उपलब्ध हुने थोपा सिँचाइ, प्लास्टिक घर, खेर जाने पानी सङ्कलन टट्याङ्की पशुमुत्र सङ्कलन र तरकारी खेतीमा प्रयोग, उन्नत कृषि औजार र मौसमको डिजिटल सुचना समेत आउने गेरकाे महिलाहरुले बराए।
समूहका प्रायः सबै महिलाहरूले जलवायु परिवर्तनको कारण र असर बुझ्न सक्ने भएकाे बताउँदै दिगो कृषि प्रणालीका लागि स्थानीय रैथाने बालीको संरक्षण गर्नतर्फ लागरहेकाे बताएका थिए ।’ यस्तै परियोजनाले किशोरी संवाद सञ्चालन समेत गरेको छ । यसले गर्दा समुदायमा रहेका व्याप्त कुसंस्कार कुरीति छुवाछुत, बालविवाह न्यूनीकरण, विद्यालय निरन्तरता लगायतमा किशोरीहरूको निकै सक्रियता बढेको देखिएको छ ।
सहास नेपाल पाइला परियोजनाका परियोजना संयाेजक विसान थापाले पालिकाको योजनाले मात्र सम्भव नरहेकाले नरहरिनाथका ९ वटै वडामा किसानलाई व्यवसायतर्फ जोड्न सुरु गरेको बताएकी हुन। ‘खेतीयोग्य जमिन छ, जे लगायो त्यहीँ हुन सक्ने ठाउँ छ, तर पनि हामी मेहनत गरेर खान अल्छी गरिरहेका छौ, संयाेजक थापाले भनिन, ‘आफ्नो बारीमा केही लगाउन सधैँ सरकारले सहयोग गर्ला र केही गर्छु भन्ने धारणा गाउँघरमा अझै पनि छ, त्यसलाई चिर्न र व्यवसायमा रुचि बढाउन हामीले पालिकासँग समन्वय गरेर काम गरिरहेका छौँ ।’
यस्तै अनुगमन अधिकृत खगेन्द्र बिकले नरहरिनाथका स्थानीयलाई सहास नेपालले कृषि पेसामा निकै योगदान गरिरहेकाे जानकारी दिए
यो । जलवायु परिवर्तन अधिकृत संगीता पालले परियोजनाका प्रगति प्रस्तुत गर्नुभएको थियो । उहाँले मुख्यत घरबगैंचा ब्यवस्थापन, प्राङ्गारिक खेतीका लागी सिप र प्रबिधि साथै आयआर्जनका कृयाकलापहरुमा केन्द्रित हुँदै परियोजना सञ्चालन भइरहेकाे विवरण प्रस्तुत गरेकि हुन ।
गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाहले आफ्नो गाउँपालिकामा सहास नेपालले कृषि पेसामा अग्रसर हुन निकै जोड दिएको बताए । उनले यस्ता क्रियाकलाप सरकारले पनि गर्ने आबश्यक रहेकाे र सरकार प्रतिबद्ध रहेकाे समेत उल्लेख गरे।
उपाध्यक्ष शाहले सहासले किसानलाई सहयोग गरेपछि यहाँका कतिपय किसानहरू आत्मनिर्भर बन्दै गइरहेको बताउँदै गाउँपालिकाका किसानहरूलाई सहासले तरकारी, पशुपन्छी, बाख्रा, वितरण गर्ने गरेर आत्मनिर्भर बनाउनमा जोड दिएको बताए।।
सहास नेपालले हाल कालीकाेटकाे नरहरिनाथ गाउँपालिका र जाजरकोटकाे शिवालय गाउँपालिकामा काम गर्दै आइरहेको छ । कालीकाेटकाे नरहरिनाथ। गाउँपालिकाका नाैवटै वडाभित्रका १२ सय बढी घरधुरीमा पाइला परियोजना मार्फत काम गरिरहेकाे छ।
कार्यक्रममा नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाह, जिल्ला कृषि विकास कार्यालयका प्रमुख चन्द्रबहादुर शाही वडा नम्बर ९ का वडाअध्यक्ष प्रदिप बाेहाेरा, ८ का वडा अध्यक्ष लालबहादुर बिष्ट वडा नम्बर ९ काे कृषक समूह, किशोरी संवाद लगायत सञ्चारकर्मीहरूको सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो ।
Comments
Post a Comment