जन्मदिनको अवसरमा शैक्षिक क्षेत्रलाई लक्षित गर्दै बिष्टले गरे पुरस्कार घोषणा...

 


जेष्ठ २६ चन्द्र प्रसाद भट्टराई



जेष्ठ २६ गते परेको आफ्नो जन्मदिनको अवसरमा सान्नी त्रिवेणी गाउँपालिकाका वडा न.२ मा जन्मिएका गणेश बिष्टले जन्म दिनकाे  ३६बर्ष पुगेकाे अबसरमा   समाजसेवीभावले सामाजिक सञ्जालमार्फत आभार प्रकट गर्दै शैक्षिक क्षेत्रलाई लक्षित गरी विभिन्न सम्मान तथा पुरस्कारको घोषणा गरेका छन्। विगत एक दशक देखि जापान बस्दै आएका उनले विभिन्न समयमा नेपालमा थुप्रै रकम सहयाेग गर्दै आयका  छन।

आफ्ना मातापिताप्रति गर्वको भाव व्यक्त गर्दै उनले फेसबुकमार्फत शुभकामना दिने सम्पूर्ण अग्रज, शुभेच्छुक, आफन्त, साथीभाइ र इष्टमित्रप्रति आभार व्यक्त गरेका छन्।उनले आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वमा रूपान्तरण गर्दै गाउँपालिकाको शैक्षिक क्षेत्रको प्रोत्साहनका लागि आगामी वर्षदेखि प्रत्येक जन्मदिनको अवसरमा नियमित रुपमा पुरस्कार वितरण गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले वैदेशिक रोजगारीमा रहेका बेला र स्वास्थ्यले साथ दिएको अवस्थामा हरेक वर्ष रु ५१,००० अक्षेरुपी राशी छुट्याएर उक्त कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।

उनका अनुसार पुरस्कार तथा सम्मान यस प्रकार छन्:

विद्यालयको हकमा:

पालिका भरिका माध्यमिक तहबाट एस.ई.ई मा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई रु ५,०००

कक्षा ८ को पालिकास्तरीय परीक्षामा:

प्रथम: रु ३,५००

द्वितीय: रु २,५००

तृतीय: रु १,५००

एस.ई.ई मा विषयगत रुपमा १००% नतिजा दिने शिक्षकहरू मध्ये उत्कृष्ट २ जनालाई:

पहिलो: रु ४,५००

दोस्रो: रु ३,०००

कक्षा ८ मा विषयगत रुपमा १००% नतिजा दिने शिक्षकहरू मध्ये उत्कृष्ट २ जनालाई:

पहिलो: रु ४,५००

दोस्रो: रु ३,०००

एस.ई.ई परीक्षामा पालिका भरिका विद्यालयहरूबाट सर्वोत्कृष्ट नतिजा ल्याउने १ जना विद्यार्थीलाई:

रु ४,०००

कक्षा ८ मा पालिका भरिको सर्वोत्कृष्ट विद्यार्थीलाई:

रु ३,५००

त्यसका साथै, आफूले प्रारम्भिक अध्ययन गरेका श्री मस्टो सरस्वती माध्यमिक विद्यालयश्री शंकर माध्यमिक विद्यालयका उत्कृष्ट एस.ई.ई विद्यार्थीलाई रु ३,५०० का दरले पुरस्कार दिइनेछ। ती विद्यालयहरूले एस.ई.ई मा ७०% नतिजा हासिल गरेमा रु ४,५०० का दरले सम्मान गरिने जानकारी पनि उनले दिएका छन्।

समाजसेवी बिष्टका अनुसार, “यो पहल विद्यालय, शिक्षक, गुरुवर्ग, विद्यार्थी र अभिभावकप्रति शिक्षामा चासो, हौसला र प्रेरणा प्रदान गर्ने उद्देश्यले गरिएको हो। सकारात्मक सोच र परिवर्तनको सुरुवात हरेक क्षेत्रमा आफैँबाट गरौं,” भन्ने सन्देश पनि उनले दिएका छन्।

Comments

Popular posts from this blog

अखिल ( क्रान्तिकारी ) जनचेतना बहुमुखी क्याम्पसकाे तेस्रो इकाई सम्मेलन सम्पन्न।।

नन्दादेवि माध्यमिक बिधालय  माल्काेटमा सञ्चालन भइरहेको एसईई परीक्षा केन्द्रको अनुगमन.....