जन्मदिनको अवसरमा शैक्षिक क्षेत्रलाई लक्षित गर्दै बिष्टले गरे पुरस्कार घोषणा...

जेष्ठ २६ चन्द्र प्रसाद भट्टराई जेष्ठ २६ गते परेको आफ्नो जन्मदिनको अवसरमा सान्नी त्रिवेणी गाउँपालिकाका वडा न.२ मा जन्मिएका गणेश बिष्टले जन्म दिनकाे ३६बर्ष पुगेकाे अबसरमा समाजसेवीभावले सामाजिक सञ्जालमार्फत आभार प्रकट गर्दै शैक्षिक क्षेत्रलाई लक्षित गरी विभिन्न सम्मान तथा पुरस्कारको घोषणा गरेका छन्। विगत एक दशक देखि जापान बस्दै आएका उनले विभिन्न समयमा नेपालमा थुप्रै रकम सहयाेग गर्दै आयका छन। आफ्ना मातापिताप्रति गर्वको भाव व्यक्त गर्दै उनले फेसबुकमार्फत शुभकामना दिने सम्पूर्ण अग्रज, शुभेच्छुक, आफन्त, साथीभाइ र इष्टमित्रप्रति आभार व्यक्त गरेका छन्।उनले आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वमा रूपान्तरण गर्दै गाउँपालिकाको शैक्षिक क्षेत्रको प्रोत्साहनका लागि आगामी वर्षदेखि प्रत्येक जन्मदिनको अवसरमा नियमित रुपमा पुरस्कार वितरण गर्ने प्रतिबद्धता जनाएका छन्। उनले वैदेशिक रोजगारीमा रहेका बेला र स्वास्थ्यले साथ दिएको अवस्थामा हरेक वर्ष रु ५१,००० अक्षेरुपी राशी छुट्याएर उक्त कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्। उनका अनुसार पुरस्कार तथा सम्मान यस प्रकार छन्: ...